प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. जब तिमीले पिडा भोगीसकेका छौ, दर्द सहिसकेका छौ भने अब किन हरेश खाने ? बरु यहि दर्दको सागरबाट मोती निकाल्न सक ।
२. राम्रोको निम्त आशा गर तर खराब दिनको लागि पनि तयार भएर बस र बदलामा जे आउछ त्यसलाई स्वीकार गर्न सिक ।
३. संगत विनाको फल हुन्छ भन्दछन तर यो झुट मान्दछु किनकि एउटा बोटमा न कहिल्यै काडाँले सुवास छर्न सक्यो न फूलले कहिल्यै रोप्न थाल्यो ।
४. जिन्दगिलाई यति गम्भीरसँग लिनु पनि आवश्यक छैन मित्र किनकि यसबाट बचेर कोही पनि उम्कन पाउदैन ।
५. दुनियाको सबैभन्दा ठूलो घाटा त्यो हो जहाँ दोस्रोको आखाको आशु हाम्रो कारणले आउदछ, र सबैभन्दा ठूलो उपलब्धि त्यो हो जहाँ दोस्रोको आँखामा आशु हाम्रो लागि आउदछ ।
६. सुन्दर किताब र सुन्दर व्यक्ति सुरुवात मै बुझ्न सकिदैन यसको लागि पढ्नु आवश्यक पर्दछ ।
७. आफ्नो दुखलाई आफै भित्र राख्नु किनकि दुनियामा त्यस्तो मान्छेहरु पनि छन् कि तिम्रो दुखलाई रोई रोई सोध्छन् र हाँसी हाँसी दुनियालाई सुनाउछन् ।
८. जसलाई सपना देख्ने सोक छ उसलाई रात छोटो लाग्छ र जसलाई सपना पुरा गर्ने सोक छ उसलाई दिन छोटो लाग्छ ।
९. आफ्नो बारेमा अरुले बकवास गर्दा पनि जवाफ नदिनेहरुलाई कमजोर नसम्झनु किनकि तिनीहरु हिलोमा ढुंगा हान्न नचाहने समझदारहरु हुन्, त्यसैले त यिनीहरुको मन र कपडा सधै सफा हुने गर्दछ ।
१०. जिन्दगीको दौडमा यो जरुरी छैन कि तिमी अगाडी नै हुनुपर्छ र सबैलाई पछाडी पार्नु पर्छ भन्ने जरुरी त तिम्रो दौडमा सामिल भएर दौदिनुमा छ, थाकेर लड्नु र फेरी उठ्नुमा छ किनकि जिन्दगीको यहि रित हो जो आज अन्तिम छ भोली प्रथम पक्का हुन्छ बस निरन्तर दौडिनु जरुरी छ ।
प्रतिक्रिया