मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ मनछुने लाईनहरु – जिउन उसैले सिकाउछ जो भित्र भित्रै मरेको हुन्छ

१२ मनछुने लाईनहरु – जिउन उसैले सिकाउछ जो भित्र भित्रै मरेको हुन्छ


मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. प्रिय कति देखाउन सक्छौ मलाई तिम्रो औकात देखाउ किनकि तिमीमा भएको कला नै त्यहि हो ।

२. समय बताईदिनेछ मान्छे कस्तो थियो, तिमीले कस्तो सोचेको थियौ ।

३. जिन्दगीमा त्यो मान्छेलाई कहिल्यै नछोड्नु, जो रिसाएर गएर पनि फेरी तिमी सगै आउछ ।

४. दिल तोड्नेको केहि जादैन तर जसको दिल टुटेको हुन्छ उसको सबथोक गुमेको हुन्छ ।

५. मिलन त हजारौ मिलेको थियो, त्यस बीच तिमी अरु भन्दा फरक थियौ तर तिमीलाई पाउनु मेरो किस्मतमा थिएँन ।

६. जसलाई मनबाट मन पराइन्छ उसलाई आफ्नो बनाउन नसकिदो रहेछ ।

७. जो भाग्यमा छैन त्यो न मागेर पाइन्छ न त रोएर नै ।

८. जिउन उसैले सिकाउछ जो भित्र भित्रै मरेको हुन्छ ।

९. कैयौको जिन्दगी चन्द्रमा जस्तै हुने गर्छ, हेर्दा मनै लोभ्याउने तर बिल्कुललै एक्लो ।

१०. तिमी थियौ जिन्दगी थियो, तिमी छैनौ अब जिन्दगी पनि छैन ।

११. निन्द्रा त्यस्तो चिज हो जुन दुख पर्दा पनि आउदैन र खुसीको दिन पनि आउदैन ।

१२. जब सानो थिए तब हरेक कुरा बिर्सन्थे तब दुनिया भन्ने गर्थे, याद राख्न सिक, अब ठुलो भए हरेक कुराको याद हुन्छ अनि त्यहि दुनिया भन्छ, भुल्न सिक ।