मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक्ष्यमा पुग्ने बाटो जतिनै उकालो भए पनि त्यो सधै तपाईको पाइला मुनि नै हुने गर्छ

लक्ष्यमा पुग्ने बाटो जतिनै उकालो भए पनि त्यो सधै तपाईको पाइला मुनि नै हुने गर्छ


मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. यो दुनियामा कुनै पनि मान्छे यस्तो हुदैन कि जसलाई समस्या नहोस र कुनै पनि समस्या यस्तो हुदैन कि जसको समाधान नहोस, त्यसैले सधै एउटा कुरा याद राख्नु कि लक्ष्यमा पुग्ने बाटो जतिनै उकालो भए पनि त्यो सधै तपाईको पाइला मुनि नै हुने गर्छ ।

२. जिन्दगी जिउन सजिलो छैन र बिना संघर्षको सफलता पनि सम्भव छैन, त्यसैले यो सत्यलाई सधै मनमा राख्नु कि हथौडाको चोट नपरेसम्म कुनै ढुंगा पनि देउता बन्दैन, त्यसैले संघर्षलाई आफ्नो जीवनमा अपनाउ ।

३. सबै खेल तपाईको आफ्नै मनको हो किनकि मनले माने हार हुन्छ र त्यहि मनले ठाने जित हुन्छ, त्यसैले कसैको पाउ मोलेर सफल हुनुभन्दा आफैले अठोट गरेर केहि बन्ने कोशिस गर्नुस ।

४. जीवनको एउटा सुत्र छ जसमा अधिकांश मानिसहरु उल्झिने गर्छन्, सुत्र हो, यदि जिन्दगीलाई बदलिनु छ भने लड्नु पर्छ र जिन्दगीलाई सरल बनाउनु छ भने त्यसलाई सम्झिनु पर्छ ।

५. राम्रो मान्छे संग सधै राम्रो बन्नु तर नराम्रो मान्छे संग कहिल्यै पनि नराम्रो नबन्नु किनकि हिराले हिरालाई काट्न सक्छ तर एउटा फोहोर फोहोरलाई सफा पार्न सक्दैन ।

६. यदि जिन्दगीमा केहि बन्नु छ भने तपाईको वरिपरी भएको सफल र असफल दुवै प्रकारको मान्छेलाई बराबर सम्मान दिदै अगाडी बढ्नु, सफल मान्छेबाट प्रेरणा लिनु र असफल मान्छेबाट सिख लिनु, अनि मात्र तपाईले आफ्नो लक्ष्य पाउनु हुनेछ ।

७. जिन्दगी जिउने दुइ वटा तरिका छन्, कि त जे चाहन्छौ त्यसलाई पाउन संघर्ष गर, कि त जे पाएका छौ त्यसलाई चाहेर सन्तोष गर, यो बाहेक अरु बाटो खोज्नु भनेको ठक्कर खाएर दुख पाउनु मात्र हो ।

८. एउटा सफल मान्छे सधै केहि न केहि पाउने आशमा अगाडी बढ्ने गर्छ तर एउटा असफल मान्छे सधै कसै न कसैलाई पराजित गर्ने सोचमा अगाडी बढ्छ, त्यसैले सहि मान्छे सफल हुदै जान्छ र गलत मान्छे पतन हुदै जान्छ ।

९. केहि राम्रो बोल्नु भन्दा केहि राम्रो गर्न तिर लाग किनकि आज तिमीले जे गर्दैछौ त्यसले भोलीको तिम्रो भविष्यलाई निर्धारण गरि रहेको हुन्छ ।

१०. मान्छे भित्र लुकेको एउटा स्वभाव छ, प्राय सबै मान्छेहरुले भन्ने गर्छन् कि तपाइँ राम्रो गर्नुस तर भित्र यो पनि चाहन्छन कि राम्रो त गरोस तर म भन्दा राम्रो चाहि नगरोस ।