मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिन्दगीभरको साथ् नभएपछी अन्तिम सास तिम्रो काखमा होस्

जिन्दगीभरको साथ् नभएपछी अन्तिम सास तिम्रो काखमा होस्


यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. आजको समयमा हरेक मान्छे सफल हुन चाहन्छ ए सफलताको लागि उसले सक्दो मेहेनत पनि गर्छ ।पैसाले, कलाले, व्यापारले मान्छेलाई केहि समयको लागि सफल पनि बनाउछ तर त्यो सफलताको कदर कतिले गर्छन, त्यो भने उसको ब्यबहारमा भर पर्छ किनकि मान्छे सफलताको शिखरमा पुगे पनि यदि उसको ब्यबहार तुच्छ छ भने ऊ पनि सबैको नजरमा तुच्छ नै बन्छ ।

२. यो सोच नराख्नुहोस् कि म हिड्ने बाटो सधै राम्रो होस्, सोच यो राख्नुस कि मैले जहाँ पाईला राखु त्यो बाटो नै राम्रो बनोस किनकि तपाईको सोचले नै तपाईको कर्मलाई परिवर्तन गर्ने गर्छ ।

३. यदि खुशीको लागि काम गर्नुहुन्छ भने तपाईले खुशी कहिले पनि पाउनु हुने छैन तर खुशी भएर काम गर्नुहुन्छ भने हरेक कामले तपाईले खुशी दिन सक्छ त्यसैले आजै बाट जे काम गर्दै हुनुन्छ त्यसलाई स्वकार्नुहोस र खुशी भएर गर्नुहोस ।

४. समस्या कहिले पनि यति ठुलो हुन सक्दैन जति हामी आफैले यसलाई ठुलो मान्ने गर्छौ, त्यसैले जसरि रातले सूर्यलाई सधै छेकेर राख्न सक्दैन त्यसैगरी समस्याले पनि हामीलाई सधै च्यापेर राख्न सक्दैन बस अलिकति हिम्मत गर्नुस समस्या अगाडी झुकी दिने छ ।

५. सित्तैमा पाउने भनेको मात्र आफ्नो आमा बुबाको माया पाउने हो त्यसपछि त जिन्दगीमा हरेक चिजको एउटा न किमत चुकाउनु पर्ने हुन्छ चाहे त्यो सम्बन्ध होस् या सफलता होस् ।

६. असफलताको डरले असफल भएर जिउनु भन्दा सफल हुने कोशिसमा मरेर जानु हजार गुणा राम्रो हुन्छ किनकि जिन्दगी एक पटक पाएको मौका हो, अब यो मौकालाई तपाई कसरी प्रयोग गर्नुहुन्छ यो तपाईको माथि निर्भर छ ।

७. जुन कुराले तपाईलाई च्यालेन्ज गर्छ त्यहि कुराले तपाईलाई चेन्ज पनि गर्न सक्छ त्यसैले सधै जिन्दगीमा सजिलो काम र सजिलो उपाय मात्र खोज्ने नगर्नुस, नत्र एकदिन तपाइको अस्तित्वनै मेटिएर जान सक्छ ।

८. प्राय मान्छेहरु आफ्नो गल्तीमा वकिल र अरुको गल्तीमा जज बन्ने गर्छन र पछी यहि असफलताको कारण बन्न पुग्छ त्यसैले आज बाटै यसको ठिक उल्टो गर्नुस, आफ्नो हरेक गल्तीमा आफै जज बनेर जज गर्नुस तब मात्र बिस्तारै आफु भित्रको कमजोरी देखिन सुरु गर्ने छ र त्यसको समाधान गर्ने उपाय पनि ।

९. यदि कसैले तपाइँ संग केहि माग्छ भने खुशी भएर दिनुस र भगवानलाई धन्यवाद पनि दिनुस कि आजको दिनसम्म भगवानले तपाईलाई दिनेहरुमा राख्नु भएको रहेछ माग्नेहरुमा होइन ।

१०. जसको सफलतालाई रोक्न सकिदैन उसको बदनामीलाइ पनि रोक्न सकिदैन किनकि जब ठुलो आंधी चलेर आउछ तब सानातिना पातहरु पनि सगै लपेटिएर उड्ने गर्छन्, बदनामी र बदनाम गर्न खोज्ने तत्वहरु पनि तिनै पातहरु हुन् जो आंधी शान्त भएपछि न तिनीहरुको कुनै ठाउ हुन्छ न त जुनै ठेगाना ।