हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १३ मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. म सग समयले एकदिन भन्यो, तिमी ठिक छौ, खराब त म आफै चलिरहेछु ।
२. ऐना सामु उभिएर आफै संग माफी मागे मैले, सबैभन्दा धेरै आफ्नै मन दुखाएको रहेछु, अरुलाई खशी पार्नको लागि ।
३. मेरो मृत्युको समयमा तिमी मेरो छेउमा नआउनु किनकि त्यो समयमा म तिम्रो आशु पुछ्न सक्ने छैन ।
४. जिन्दगीभरको साथ् नभएपछी अन्तिम सास तिम्रो काखमा होस् ।
५. कुनै कुनै चाहना त यस्ता पनि हुन्छन् कि जुन असम्भव भन्ने थाहा हुदा हुदै पनि पछ्याईरहन मन लाग्छ ।
६. कति अभागी छन् तिम्रा नयनका ति आशुहरु जुन सधैका लागि तिमि बाट टाढा हुदैछन् ।
७. कसले याद गर्छ र मलाइ, जब यो दुनिया बिना कारण भगवानलाइ पनि याद गर्दैन ।
८. जसको मनमा चोट लाग्छ नि, तिनीहरु कहिल्यै आखाबाट आशु खसाल्दैनन् ।
९. प्रश्न त मैले जिन्दगीलाई सोधेको थिए, तर समयले बिस्तारै जवाफ दिदैछ ।
१०. भाग्यमा हुने मान्छेहरुको नाम निधारमा लेखिन्छ, नहुनेहरूको मुटुमा ।
११. अक्सर यस्तै हुन्छ, कहिले मन मिल्ने संग बिचार मिल्दैन र कहिले बिचार मिल्ने संग मन मिल्दैन, यदि दुवै मिले भाग्य मिल्दैन ।
१२. म यस्तो भिडमा छु जहाँ म एक्लै छु ।
१३. प्रेम एक थोक बनेर आउछ अनि सबथोक लिएर जान्छ ।
प्रतिक्रिया