प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १२ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।
तपाईलाई यी १२ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. जब कोहि देखेर पनि नदेखेको जस्तो गर्छ भने बुझिहाल्नुस कि उसको नजर तपाईं माथी नै छ ।
२. कठिन समयमा नै सबैको रङ देखिन्छ, दिनको उज्यालोमा त पानीपनि चाँदी जस्तो देखिन्छ ।
३. जब दुश्मनले पनि दिनरात तपाइको कुभलो चिताउन थाल्छ भने सम्झिहाल्नुस कि उसलाइ पनि तपाइको सफलताको बारे भरोसा भइसकेको छ ।
४. जसले मलाइ बुझ्न सकेन उसलाई हक छ कि मलाइ `खराब´ नै सम्झियोस ।
५. साथीहरुलाई हमेशा दिल मा राख्नुस र दुश्मनहरुलाई हमेशा नजर मा ।
६. गल्तिले सम्बन्ध अहिले सम्म टुटेको छैन , टुटेको छ भने केवल गलत बुझाइ ले ।
७. यदी दुई व्यक्तिमा कहिल्यै लडाइ हुदैन भने बुझिहाल्नुस कि सम्बन्ध दिलले होइन दिमागले निभाइरहेका छन ।
८. जब मान्छे नयाँ मान्छेलाई भेट्छ तब पुरानो मान्छेहरुलाई भुलिदिन्छ, तर जब नयाँ मान्छेले दिल दुखाउछ भने तब याद पुरानै को आउछ ।
९. केही सम्बन्धहरु यस्तो हुन्छ जसलाई मान्छेहरु जोड्दा जोड्दा आफै टुट्छन ।
१०. आधा दुख गलत मान्छेमाथी आशा राखेर हुन्छ र आधा दुख सच्चा मान्छेमाथी शंका गरेर हुन्छ ।
११. प्रेम र मित्रतामा के फरक हुन्छ ? प्रेमले भन्छ ” तिमिलाई केही भयो भने म जिउदो रहन सक्दिन ।” अनि मित्रताले भन्छ ” जबसम्म म जिउदो छु, तिमिलाई केही हुदैन ।”
१२. भोको पेटले झण्डा बेचिरहेको छ र जसको पेट भरीएको छ उसले देश बेचिरहेको छ ।
प्रतिक्रिया