तपाईलाई यी १२ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. हामी उनिहरुसित लड्न सक्छौ जो खुलेआम दुश्मनी गर्छन, तर तिनिहरुलाई के गर्ने, जो साथमा रहेर पनि मुस्कुराएर प्रहार गर्छन ।
२. मेरो मौनताको रहस्य प्रती म आफै नै अनभिज्ञ छु, थाहा छैन किन मान्छेले मलाई घमण्डी सम्झिन्छन ।
३. मान्छेले भन्छन कि जब कोहि आफ्नो टाढा गयो भने धेरै दुख हुन्छ, तर वास्तविक दुख त तब हुन्छ जब कोहि आफ्नो साथमा भएर पनि टाढाको दुरी बनाउछ ।
४. बस्, यति नै कहानी थियो मेरो प्रेमको, मौसमको जस्तो तिमी बदलियौ, फसलको जस्तो म बर्बाद भए ।
५. समस्यामा यो नसोच्नुस कि अब को काम आउँछ ? बल्की यो सोच्नुस कि अब को छोडेर जान्छ ?
६. प्रेम गर्नुभन्दा पहिला धेरै पैसा कमाइहाल्नु साथी गरीबको प्रेम अक्सर बिचबजारमा निलाम हुने गर्छ ।
७. राम्रो समय कहिल्यै आउदैन बल्की समयलाई राम्रो बनाउनुपर्दछ ।
८. सल्लाह त खुब दिन्छौ `खुशी हुने गर´ कहिलेकाही कारण पनि दिदिने गर ।
९. कसैले क्या सत्य भनेका छन – ए ! मृत्यु , अलिकती पहिले नै आउनु गरीबको घरमा, कफनको खर्च औषधीमै सकिन्छ ।
१०. माथी उठ्नको लागि पखेटाको आवश्यकता त पंछिहरुलाई पर्दछ , मान्छे त जति विनम्रताले झुक्दछ त्यति नै माथी उठ्छ ।
११. दिल ठूलो भयो भने मित्र बन्छन, दिमाग ठूलो भयो भने दुश्मन ।
१२. खराब धर्म होइन मान्छे हुन्छन र खराब मान्छेको कुनै धर्म छैन ।
प्रतिक्रिया