तपाईलाई यी १० महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. थाहा छ, रोएर पाउनु केहि छैन । रोएर चाहेको कुरा पाइने भए संसार आँशुमा उहिल्यै डुबीसक्थ्यो ।
२. झुटो आशको पनि एउटा निश्चित आयु हुन्छ । पुजा कोठामा बालेको साझबत्ति जस्तै हो झुटो आश । एकछिन बल्छ अनि निभिजान्छ । जो रातसम्म पनि टिक्दैन । टिके त्यो साझबत्ति नरहला, रातबत्ति कहलाउला ।
३. केहि आखाहरुले बेवास्ता गरेकै ठिक । केहि आखाहरुले आखा तरेकै ठिक । जरुरि छैन हरेक परिचितले ‘ओहो’ भनुन । कतिले सामान्य हेराइले ‘ए’ मात्र भनेकै जाति ।
४. आश न हो ! धेरै आश गर्ने बानी भएपछी मान्छे आफ्नै मनको दास हुन्छ ।
५. कोहि पाउछन, बिना परिश्रम, चाहेकै कुरा, कोहि देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पुरा । आफ्नो आफ्नो भाग्यकै कुरा । कसैका प्रेम कहानी फैलन्छन् कुना कन्दरा, कसैका प्रेम कहानी आधा अधुरा ।
६. सुखले पनि सिकाउछ । दुखले पनि सिकाउछ । फरक यत्ति हो, सुखमा हिड्ने चार कदमले भन्दा दुखमा हिड्ने दुइ कदमले धेरै थोक सिकाउछ ।
७. सम्झनामा तिनैले बलियो घर बनाएका हुन्छन, जो वास्तविकतामा दुरदुरसम्म पनि कहिँ नजर आऊन्न ।
८. चिनी, दुध र चियापत्तीको मात्रा नमिले चिया त मिठो हुन्, जिन्दगी यस्सै मिठो कहाँ होस् ! धेरैथोक मिलाउन जान्नुपर्छ ।
९. यात्रामा कोहि आउन्, नआउन्, भ्याउन्, नभ्याउन्, यात्रा एक्लैले तय गर्नुपर्छ । कसैको भर किन पर्नु छ र ? आफ्नो लागि आफैले गर्नु छ । अधिकांस खोलाहरु एक्लै तर्नुपर्छ । धेरै पहाडहरु एक्लै चड्नुपर्छ ।
१०. मान्छेलाई साथी सबैभन्दा बढी त्यो बेला चाहिन्छ, जुनबेला ऊ भनिरहेको हुन्छ, “यार, म एक्लै ठीक छु !”
प्रतिक्रिया