मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनछुने भनाईहरु – केवल देखाउनको लागि राम्रो बन्नु भनेको सायद खराब हुनुभन्दा पनि खराब हो

मनछुने भनाईहरु – केवल देखाउनको लागि राम्रो बन्नु भनेको सायद खराब हुनुभन्दा पनि खराब हो


१. उनले यो सोचेर मलाई अलविदा गरिदिइन कि गरीब मान्छे हो प्रेमको सिवाय के नै दिन सक्छ र ?

२. हरेक शब्दमा “अर्थ” हुन्छ र हरेक अर्थमा “तर्क” हुन्छ, सबैले भन्छन ऊ हाँस्दै छ धेरै तर हाँस्नेहरुको दिलमा पनि “दर्द” हुन्छ, एक चिज जाने मैले राम्रो समयमा अन्जानले पनि साथ दिन थाल्छ, कठिन समयमा साथिहरु पनि टाल्न थाल्छ ।

३. कसैको याद मा बारम्बार रोएर दिलको दर्द कम हुदैन, माया त तकदिर मा लेखिएको हुन्छ तड्पिएर कोहि आफ्नो हुदैन ।

४. उपहार तिमिलाइ मुटु दिन्थे होला, मुटु बिना बाँच्न सक्ने भए, अँखाको नानी पनि दिन्थे होला, नानी बिना तीमिलाई देख्न्न सक्ने भए, रगतको सागर पनि बगाइ दिन्थे होला, पानीको प्यास रगतले मेटन सक्ने भए, ज्यानको बलिदान पनि दिन्थे होला, दुई आत्माले विश्वास दिलाउन सक्ने भए, दैबको सरणमा पर्थे होला, मेरो मृत्युले तिमिलाइ जीवन मिल्ने भए ।

५. जसलाई तपाइले माया गर्नुहुन्छ उसलाई कोहि अरुसित माया गरेको हेर्न को लागि धेरै ठूलो हिम्मत चाहिन्छ ।

६. सायद धेरै तितो यथार्थ यहि हुन्छ मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई
थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।

७. कोशिष नगरेको होइन तिमीलाई भुल्न, कहिले आशु बनाइ रोइ दीन्छु, कहिले यादहरूनै मेटी दिन्छु तर तिमी मेरो आखांमा होइन मुटुमै बसेको छौ, नत भुल्न सक्छु नत आफ्नो भन्न ।

८. केटीहरुले त केवल दिल दिन्छिन, केटाहरुलाई दिलको साथ साथ बिल पनि दिनुपर्ने हुन्छ ।

९. केवल देखाउनको लागि राम्रो बन्नु भनेको सायद खराब हुनुभन्दा पनि खराब हो ।

१०. संसारमा सबैभन्दा ठुलो ताकत भनेको मान्छेको विवेक र बिचार हो, यदि यी दुई कुरा सबैको ठिक भएको भए, दुनियाँमा सबै मुहार खुशी हुन्थ्यो ।