तपाईलाई समर लभका यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. प्रेम एकथोक बनेर आउछ, अनि सबथोक लिएर जान्छ ।
२. यो रक्सि पनि तिमीजस्तै गद्दार निस्कियो, मेरो लिभरसंग अफेयर चलाईदियो ।
३. संसारमा मैले सबैभन्दा बढी प्रेम गरेको मान्छे म आफै हु, तिमी त यसै बाटोमा भेटिएकी हौ ।
४. यो ओठमा दुइ चिजलाई मात्र ठाउ छ, कि तिमी कि चुरोट, कुनै एउटा नभई बस्ने सक्दिन ।
५. हो साया, आजकल म धेरै रुन थालेको छु । कहिलेकाही लाग्छ नवजात शिशुहरू पनि म जति रुदैनन होला । अनि उनीहरुको रुवाइ र मेरो रुवाइमा के फरक छ र ? उनीहरु चिच्याएर रुन्छन अनि म चुपचाप रुन्छु ।
६. रोएर चाएको कुरा पाइने भए संसार आशुमा पहिले नै डुबीसक्ने थियो ।
७. छोयो, भोग्यो अनि सकियो । यसरी निमेषभर झिलिक्क बालेर निभिजाने प्रकास जस्तो प्रेमको के अर्थ ?
८. सबैभन्दा नराम्रो लत भनेको त यादहरु नै रहेछन् । अनि प्रेमिका ? ति पनि त लतै हुन्, पाउदा चरम आनन्द अनि नपाउदा छटपटी, बेचैनी ।
९. तिमीलाई नसम्झेको कुनै पल छैन, खसालेर आसु नरोएको कुनै दिन छैन ।
१०. कहिँ रोकिनु थियो, यहि रोकिए, आफ्नो ख्याल गर्नु, अलबिदा ।
प्रतिक्रिया