मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सफल बन्न चाहनुहुन्छ ? यी हुन् सफलता प्राप्त गर्ने ५ अचुक सुत्र

सफल बन्न चाहनुहुन्छ ? यी हुन् सफलता प्राप्त गर्ने ५ अचुक सुत्र


हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

जीवन बाँच्नका लागि रोटी, कपडा र घर आवश्यक हुन्छ तर एउटा अर्को कुरा पनि जरूरी हुन्छ । के होला त्यो ? सफलता नै त्यो आवश्यक चीज हो जसले जीवनलाई पूर्णता दिन्छ । तपाईं सफल भएर नै आफ्नो फरक लक्ष्य बनाउन सक्नुहुन्छ।

संसारमा दुईथरी मानिस छन् : सफल र असफल । सफल मानिसले के गरेर लगातार सफलता हासिल गरेका हुन् अनि असफल मानिसले कुन गल्ती बारम्बार दोहो–याएर असफल भइरहेका हुन् ?

तपाईं पनि सफल बन्न चाहनुहुन्छ भने केही कुरामा ध्यान दिनुपर्छ । के हुन् ती कुरा ?

सही लक्ष्य
तपाईं आफूवरिपरिको वातावरणबाट प्रभावित भएर गलत लक्ष्य छान्न सक्नुहुन्छ । नबुझेको र रुचि नभएको क्षेत्रलाई तपाईंले छान्न सक्नुहुन्छ । यसो हुँदा तपाईं अघि बढ्नुको साटो पछि पर्दै जानुहुन्छ । त्यसैले आफ्नो रुचि रहेको र बुझेको क्षेत्र नै छान्नुहोला ।

एकाग्रता
आफ्नो रुचिको लक्ष्य निर्धारण गरेपछि त्यस लक्ष्यलाई पाउनका लागि तपाईंमा एकाग्रता हुनु जरूरी हुन्छ । तपाईंको दृष्टि लक्ष्यसँग जोडिएका सबै कुरामा हुनुपर्छ । एकाग्रता सफल व्यक्तिहरूको गुण हो ।

शक्ति प्रयोग
आचार्य चाणक्यको नीति अपनाएर तपाईं आफ्ना लागि सफलताको बाटो खोल्न सक्नुहुन्छ । यस नीतिअनुसार जुन काम गरेपनि पूरै शक्तिका साथ गर्नुपर्छ । जतिसुकै ठूलो वा सानो काम भएपनि शक्ति लगाएर गर्नुपर्छ । अवश्य सफल भइन्छ ।

जिम्मेवारी वहन
सफल व्यक्तिहरू आफूले उठाएका हरेक कदमको जिम्मेवारी आफैं लिन्छन् । यसो गर्दा उनीहरूमा निर्णयप्रति सतर्कता बढ्छ र सोचविचार गरेर कुनै लक्ष्यसम्म पुग्ने गुण विकसित हुन्छ । यसबाट नै सफलताको सिँढी चढ्न सजिलो हुन्छ । असफल मानिसहरू नबुझिकनै हतारमा निर्णय लिन्छन् र अपेक्षाविपरीतको परिणाम आएमा त्यसको दोष अरूमाथि थोपर्छन् ।

गल्तीबाट सिक्ने
प्रत्येक व्यक्तिले गल्ती गर्छ तर विवेकशील मानिसले गल्ती दोहो–याउँदैन । सफल हुनका लागि गल्तीबाट सिकेर अघि बढ्नु आवश्यक हुन्छ। त्यस्तै समयको भरपूर सदुपयोग गर्ने, सफल मानिसको संगत गर्ने, सकारात्मक दृष्टिकोण राख्ने, आफूमाथि विश्वास गर्ने मानिस पनि सफल हुन्छन् ।