मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. यो झरी अनि भिजेको मन अनि उनको याद उस्ता उस्तै रहेछ, जतिबेला पनि चिसै रहने ।
२. कोही खुशि पाउन रोए कोही पिडा लुकाउन रोए, अचम्मको दौड रहेछ जिन्दगि ! कोहि भरोसा पाउन रोए कोही भरोसा गरेर रोए ।
३. हातमा बाँधिएको धागो चुँडिएर जाला तर यहाँहरुको माया र सम्बन्ध कसिलो होस् । बलियो होस् । कहिल्यै नचुडिने ।
४. यति माया गर्दा पनि माया नबुझ्ने निष्ठुरी ! यदि तिम्रो ठाउमा शत्रु नै भएपनि, उसले जीवनभर साथ निभाउथ्यो ।
५. यकति प्रेम गर्छु भनेर नसोध, पानीको छिट्टाले तिमीलाई छुँदा नि मेरो मन जल्ने गर्छ ।
६. मनमा चोट त त्यति बेला लाग्छ ! जब त्यो मान्छेले तिमीलाई बेवास्ता गर्न थाल्छ, जसको लागि तिमीले पुरै दुनियाको मतलब गरेको थिएनौं ।
७. खै कस्तो सम्बन्ध हो हाम्रो ? उसलाई म बोलेको मन पर्दैन, मलाई उ नबोलेको मन पर्दैन ।
८. गल्ति देखाएपछि महशुस हुने कुरा हो, चुपचाप टाढिनु त अरुलाई पिडा र चोट दिनु नै हो ।
९. सम्बन्ध मनले जोड्छ, मुखको बोलीले हैन ! केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुदैनन्, कोहि मौन रहेर पनि आफ्नो बनिदिन्छन ।
१०. कोहि गुमाउनुलाई प्रेम भन्छन् । कोहि पाउनुलाई प्रेम भन्छन् । तर सच्चाई त यो हो, म त निभाउनुलाई प्रेम भन्छु ।
प्रतिक्रिया