मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनछुने भनाईहरु – राम्रो राम्रो कुरा त किताब र भित्ताहरुमा पनि लेखिएको हुन्छ

मनछुने भनाईहरु – राम्रो राम्रो कुरा त किताब र भित्ताहरुमा पनि लेखिएको हुन्छ


१. राम्रो ब्यबहारको मुल्य सायद पैसामा नहोला तर एउटा राम्रो ब्यबहारले करोडौ मान्छेहरुको मन किने सामर्थ राख्छ ।

२. जो मान्छेले आफ्नो बानीलाई सुधार्न सक्छ उसले आफ्नो भोलीको दिनलाई पनि बदल्न सक्छ तर जसले आफ्नो बानीलाई सुधार्न सक्दैन उसको भोलीको दिन पनि त्यस्तै हुनेछ, जस्तो आज छ ।

३. मन र मस्तिष्कको लडाईमा सधै मनलाई नै जित्न दिनुस किनकि मस्तिष्कले त जितेर पनि अक्सर कन्फ्युज हुने गर्छ ।

४. ठुलो भन्दा ठुलो सफलता पनि एकपल मै धरासाई हुनसक्छ यदि त्यो सफलता कसैलाई नीचा देखाउन पाइएको हो भने ।

५. भनिन्छ तिती औषधि चपाउनु हैन सिधै निल्नु पर्छ ताकी मुख तिती नहोस, त्यसैगरी जिन्दगीमा पनि अपमान, असफलता, धोका जस्तो अनेक तितो कुरा हरु आउँ सक्छन, त्यतिबेला पनि ति कुराहरुलाई सिधै निलेर अगाडी बढ्नु पर्छ ।

६. एउटा असल मान्छे उसको बोली बाटनै चिनिने गर्छ किनकि राम्रो राम्रो कुरा त किताब र भित्ताहरुमा पनि लेखिएको हुन्छ ।

७. दुनियामा हरेक मान्छेलाई आग्नो ज्ञान माथी घमण्ड हुन्छ तर घमण्ड माथीको ज्ञान भने धेरै कम मान्छेलाई हुन्छ त्यसैले ज्ञानको खोजी हें. पहिला आफु भित्रको घमण्डलाई बुझ्ने कोसिस गर्नुस ।

८. जिन्दगी दुई दिनको हो एकदिन तपाईको पक्षमा र अर्को दिन तपाईको बिपक्षमा हुन्छ, त्यसैले जुनदिन तपाईको पक्षमा हुन्छ त्यो दिन घमण्ड नगर्नु र जुनदिन तपाईको बिपक्षमा हुन्छ त्यो दिन हतास नहुनु ।

९. आफ्नो सफलता माथी यति घमण्ड पनि गर्नु हुदैन कि त्यो तपाइँ माथीनै भारी परोस किनकि अक्सर ढुंगा पानीमा आफ्नै भारको कारणले डुब्ने गर्छ ।

१०. यो सत्यलाई सधै याद राख्नुस कि मान्छे बाहिरको चुनौतीले कहिले पनि हार्दैन किनकि मान्छे हार्छ त् आफु भित्रको कमजोरीले गर्दा, त्यसैले आफ्नो कमजोरीलाई मेटाउन कोसिस गर्नुस तब मात्र जित तपाईको हुनेछ ।