- अमरदीप शर्मा
मर्दैन भो नघोच है प्रयास तिम्रो फेल भयो
आत्मा सम्झी जिउनेको यौवन नै भेल भयो
कठोर यात्रा किन रोज्छौ खुशी सबै हराउँछ
नबुझिने समयको अनौठो यो खेल भयो
खाटा बस्ने जिउ मेरो खप्न सक्ने ईच्छा सङ्गै
आधा आकाश नाङ्गिदै छ अब त है झेल भयो
कुरा पूरा हुन्न भन्छन अर्ति पनि मानेकै छु
आदर्शको अर्थ बोकि संस्कारको जेल भयो
कति तिम्ले उघार्नु छ घरकै दैलो खोली हेर
मनकै दैलो जलाउने इच्छा कस्तो तेल भयो
अन्याय मै न्याय हुन्छ पर्खिएरै बसेको छु
सुन्नु छैन कुर्लिनेलाई खुलम खुल्ला नेल भयो
प्रतिक्रिया