मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी सात गुणले तपाईलाई हरेक मुश्किलबाट छुटकारा दिलाउँछ – जान्नुहोस

यी सात गुणले तपाईलाई हरेक मुश्किलबाट छुटकारा दिलाउँछ – जान्नुहोस


हिन्दू धर्ममा कर्मलाई धेरै महत्त्वपूर्ण मानिन्छ, यो विश्वास छ कि वर्तमान जीवनमा हामीले कति सुख, कति कष्ट भोग्दछौं, त्यो हाम्रो कर्ममा आधारित हुन्छ। गरुड पुराणका अनुसार मानव प्रकृतिमा ७ यस्ता गुण हुन्छन्, यदि सही प्रयोग गरेमा हामीले आफ्नो पापी कर्मबाट छुटकारा पाउन सक्छौँ र साथसाथै आफ्नो वर्तमान जीवन पनि आनन्दित र सुखमय हुनेछ।

धैर्य

यदि एक व्यक्ति चिरस्थायी सफलता र समृद्धि चाहन्छ भने, उसले अन्त सम्म धैर्य राख्नु पर्छ। गरुड पुराणका अनुसार सफलता हडबडीमा निर्णय नगर्ने वा मुश्किल परिस्थितिमा आवेगमा नआउने व्यक्तिले मात्र हासिल गर्न सक्छ। आफ्नो धैर्यता तोड्नु भनेको सफलता छोडि असफलता आमन्त्रण गर्नु हो।

इन्द्रिय नियन्त्रण

हामीसँग पाँच कर्म इन्द्रिय र पाँच ज्ञान इन्द्रिय हुन्छन्, यी दश इन्द्रियहरूले हामीलाई समय-समयमा हाम्रा समस्याहरूको समाधान गर्न मद्दत गर्छन्, जसले यी इन्द्रियहरूलाई नियन्त्रण गर्न सिक्छ उसले जीवनमा सफलता प्राप्त गर्न सफल हुन्छ।

दया

गरिब र दरिद्रहरूको लागि मानवभित्र अनुकम्पाको भावना हुनु अत्यन्त महत्त्वपूर्ण छ। मानिसले समय-समयमा आफ्नो क्षमता अनुसार यी व्यक्तिहरूको सहयोग गर्नु पर्छ। दया मानिसको सद्गुण कर्म वृद्धि गर्ने एक कारक हो।

द्वेष भावना

अरूलाई घृणा गर्ने मानिस कसैलाई पनि मनपर्दैन| विशेष गरी जसले आफ्नो परिवार वा साथी-भाईको ईर्ष्या गर्छन्, कहिल्यै खुशी रहन सक्दैनन्। त्यस्तै, उनीहरुलाई मुश्किल परिस्थितिमा सहयोग गर्ने कोहि पनि हुँदैन|

क्रोध

क्रोधको कारण मानिसले सोच्ने र बुझ्ने क्षमता गुमाउँछ, र अशान्ति निम्त्याउँछ। जहाँ अशान्ति हुन्छ, त्यहाँ स्वतःदरिद्रताको निवास हुन्छ। त्यसैले, जीवनमा सफल हुन र मुश्किल अवस्थाबाटा छुटकारा पाउँनको लागि आफ्नो क्रोध काबुमा राख्न सक्षम हुनुपर्छ।

पवित्रता

तन र मन दुबैले पवित्र मानिसलाई कसैले पनि पराजय गर्न सक्दैन। स्वच्छ विचार र आचरण जीवनको बहुमूल्य रत्न हुन्, जसले मानिसको शोभा बढाउनुको साथसाथै समाजमा मान-सम्मान पनि दिन्छ।

तुच्छ वचन

परिवारका सदस्यहरूसँगसँगै कुनै बाहिरी व्यक्तिलाई पनि कटु वचनको प्रयोग गर्नु हुँदैन। यस्ता वचनले अरूलाई चोट त पुर्‍याउँछ नै आफ्नै मान-प्रतिष्ठा, श्रद्धा पनि कम गर्छ।