सफल हुने चाहना राख्नु अलग हो भने सफल हुनु अलग कुरा हो । सफल हुनको लागि सकारात्मक सोंच, लक्ष्य, कडा मेहनत, लगनशीलता र दृढता हुनु आवश्यक छ ।
मानिस असफल हुनुका ५ कारण
धेरै व्यक्तिको बानी काम राम्रो भयो भने आफ्नो कारणले हो भन्ने र नराम्रो भयो भने अरुलाई दोष दिने बानी हुन्छ । व्यक्तिगत जीवनमा होस् या व्यवसायिक जीवनमा होस्, अरुलाई दोष दिने बानीले पछि आफैलाई नै हानी गर्छ । क्षणिक तनाव हटेपनि यो बानीले सफलता भने दिलाउँदैन । सफल हुने व्यक्तिले आफ्नो गल्ती कहाँनिर छ भनेर हेर्छ, गल्तीको जिम्मेवारी लिन्छ । जब उसले गल्तीको जिम्मेवारी लिन्छ, उसले फेरी त्यो गल्ती नदोहोर्याउने प्रयत्न गर्छ, त्यसबाट सिक्छ र अगाडी बढ्छ । साथै ऊसंग व्यक्तिगत र व्यवसायिक सम्बन्धहरु पनि राम्रो बनिरहन्छन् ।
सफलताको लागि समयको महत्व सबैभन्दा बढी हुन्छ । यदि कोही व्यक्तिले एक घण्टा यत्तिकै खेर फाल्न सक्छ भने उसले समयको महत्वलाई बुझेकै छैन र ऊ सफल हुने सम्भावना पनि निकै कम हुन्छ । सफल हुने व्यक्तिले हरेक कामको लेखाजोखा गरेर मात्र बाहिरि कुरामा समय दिन्छ।
यदि कोही व्यक्तिले अरुका अगाडी आफूलाई राम्रो देखाउनको लागि काम गरिरहेको छ, अरुमा प्रभाव जमाउनको लागि पैसा खर्च गर्छ भने त्यो व्यक्ति सफल हुन सक्दैन । प्रतिस्पर्धा आफूसंग गर्ने हो अरुसंग होइन, काम आफ्नो लागि गर्ने अरुलाई देखाउनको लागि होइन, पैसा आवश्यकताको लागि हो अरुमाथी प्रभाव जमाउनको लागि होइन । जब व्यक्तिले आफ्नो लागि काम गर्छ, ऊ भित्र देखि खुशी हुन्छ, सन्तुष्ट हुन्छ, हरेक दिन आफैसंग प्रतिस्पर्धा गर्छ र जीवनमा अगाडी बढ्छ । जब उसले पैसाको महत्व बुझ्छ, उसले पैसाको व्यवस्थापन गर्न सिक्छ ।
अरुको नक्कल गर्ने व्यक्तिले कहिल्यै पनि सफलता प्राप्त गर्न सक्दैन । नक्कल गर्दा केही समयको लागि पैसा त कमाउला, तर ऊसंग आफ्नो परिचय हुँदैन । यसको साथै ऊ आफूले जति नक्कल गर्नसक्यो, त्यति मै सिमित रहन्छ । सिर्जनात्मक क्षमता तथा प्रयास नहुनाले ऊ त्यो भन्दा अगाडी बढ्न सक्दैन ।
आफ्नो निर्णयमा अडिग रहन नसक्ने व्यक्तिले सफलता हासिल गर्न सक्दैन । आफ्नो निर्णयमा अडिग रहन नसकने व्यक्ति शुन्यबाट माथी उठ्ने सम्भावना निकै कम हुन्छ । सफलता प्राप्त गर्नको लागि एउटा लक्ष्य बनाउनुपर्छ र त्यो प्राप्त गरिछाड्ने दृढता हुनुपर्छ । आफ्ना पातहरु फेरीउन् , तर आफ्ना जरा टिकाइराख्नुपर्छ ।
प्रतिक्रिया