तपाईलाई यी १४ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. समाज सत्य देखि जति टाढा जान्छ उति नै बढी यसले सत्य बोल्ने मानिसहरुलाई घृणा गर्न सुरु गर्दछ ।
२. हरेक तानाशाहीहरु जालसाजी र दमनको माध्यमद्वारा शासन गर्ने गर्दछन, तर जब उनिहरुको जालसाजी पर्दाफास हुन्छ तब उनीहरु पुरै दमनमा मात्र टिक्ने गर्दछन ।
३. मानिसहरुलाई नष्ट गर्ने सबैभन्दा प्रभावकारी उपाय भनेको उनीहरुको इतिहासको आफ्नै बुझाइलाई इन्कार गर्नु र नष्ट गर्नु हो ।
४. विगतलाई मेटाईयो, जसले मेटायो उसलाई विर्सीयो, झुट अब सत्य बनेको छ ।
५. विश्वव्यापी झुटको समयमा सत्य बोल्नु पनि एउटा क्रान्तिकारी कार्य हो ।
६. जति नै तिमीले सत्यलाई अस्विकार गर, सत्य भने अस्तित्वमा रहिरहन्छ ।
७. मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौ त्यो भन्न पाउनु हो ।
८. हाम्रो यो समयमा ‘राजिनिती भन्दा बाहिर रहने’ भन्ने कुनै चिज हुदैन । हरेक विषयहरु राजनितिक विषय हुन्, र राजनीति आफैमा झुट, कपट, मुर्खता, घृणा अनि पागलपनको थुप्रो हो ।
९. कुनै विचारहरु यति मूर्खतापूर्ण हुन्छ कि जसलाई विद्वानहरुले मात्र विश्वास गर्दछन ।
१०. जब मानिसहरुले जीवनको उदेश्य नै खुसी हो भन्ने कुरा महसुस गर्दैनन् त्यतिबेला मात्र उनिहरु खुसी हुन्छन ।
११. उपहासको उद्देश्य भनेको मानिस जतिलाई निच देखाउने होइन बरु उनीहरु पहिल्यै निच छन् भनेर सम्झाउने मात्र हो ।
१२. जसले विगतलाई नियन्त्रण गर्न सक्छ उसले वर्तमानलाई नियन्त्रण गर्दछ । जसले वर्तमानलाई नियन्त्रण गर्दछ उसले विगतलाई नियन्त्रण गर्दछ ।
१३. पिडाको समयमा त्यहाँ कुनै हिरो भन्ने हुदैन ।
१४. यदि कुनै कुरा गोप्य राख्न चाहन्छौं भने त्यो कुरालाई आफूबाट पनि लुकाएर राख ।
प्रतिक्रिया