उसले मलाई माया गर्छ ? या उसले मलाई माया गर्दैन ? तपाई यस्तै समस्याबाट जुधिरहनु भएको छ भने यो समस्या हटाउन हामीले यस्ता साइनहरु भन्ने छौ | जसबाट तपाइले सजिलैसंग मन पराउने या मन नपराउने थाहा पाउन सक्नु हुन्छ |
१. उसको हेराइ
उसको त्यो हेराइ जुन तपाइले पहिले कहिल्यै देख्नु भएको थिएन | जब तपाई उसको वरिपरी हुनुहुन्छ उसले तिमीलाई मात्र हेर्ने छ र त्यो हेराइ खास तिम्रो लागि हुनेछ | उसले साच्चिकै तिमीलाई मन पराउछ |
२. उसलाई तपाईले गर्ने सबै कुरा प्यारो / राम्रो लाग्छ
तपाईंको आँखा चिम्चाउने तरिका, तपाईंले कसरी खाना खानुहुन्छ, तपाईंको कुरा गर्ने तरिका, तपाईंको कपाल फ्लिप गर्ने तरिका आदि सबै राम्रो लाग्छ | उ तपाइको अनौठो बानि हेरीरहन्छ र कहिले पनि हेरेर थाक्ने छैन | तपाइको मुर्ख प्रवृतिको प्रशंसा गरेर पनि कहिल्यै थाक्ने छैन | तपाइले गरेको हरेक कुरा उसलाई क्युट लाग्छ |
३. उसले तपाईंलाई “सुन्दर” भन्नेछ
अरु केटाहरु जस्तो उसले तपाईलाई “सेक्सी” र “हट” भन्दैन | उसले सधै तपाईलाइ राम्री र तपाइको सहि तरिकाले प्रशंसा गर्नेछ | उसले तपाइको मुस्कान, हासो र चमक सधै मन पराउने गर्छ |
४. उ तपाईंसँग सँधै रहन चाहन्छ र एक रातको लागि मात्र होइन
उ तपाईंसँग बुढो हुन चाहन्छ, तपाईंसँग खुसि हुन् चाहन्छ, तपाईंलाई सबै कुराले सम्पन्न बनाउन चाहन्छ, तपाईंलाई कुनै नराम्रो काम गरेको खण्डमा तपाईंलाई हप्काउन चाहन्छ, र सबैभन्दा बढि, तपाईंलाई सधैंभरि प्रेम गर्न चाहन्छ। उसले मनपराउँछ वा मनपराउँदैन, मलाई थाहा छैन, तर निश्चित रूपमा उसले तपाईंलाई निःशर्त माया गर्दछ।
५. उहाँ सँधै तपाईंको नजिक रहन चाहन्छ
चाहे यो एक सामान्य सेल्फी हो या एक समूहको भेटघाट उ सँधै तपाईंको नजिक रहनेछ वा नजिकै हुने प्रयास गर्ने छ । कुनै पनि सामान्य भेटघाटको समयमा पनि, उसको कुर्सी सँधै तपाईंको टेबलको नजिक रहनेछ। कारण ऊ तपाईंलाई अरु कसैको वरिपरि भएको भन्दा बढि तपाईको वरिपरि रहन चाहन्छ |
६. उसले लुगामा ध्यान दिनेछ |
उसले आफ्नो लुगामा ध्यान दिनछ | राम्रो, सफा र सुगन्ध आउने पर्फुम लगाउछ | हरेक दिन उसले तिमीलाई इम्प्रेस पार्न खोज्नेछ |
७. उ ईर्ष्यालु हुन्छ जब कोहि मानिस तपाइँको नजिक आउनको लागी कोशिश गर्दछ
उ चाहदैन कि कोइ पनि केटा मानिस तपाइको नजिक आओस | यदि कोइ केटा मानिस तपाइको नजिक आउँन चाहन्छ भने उसलाई तपाईबाट टाढा राख्न चाहन्छ | सधै उ मात्र तपाइको नजिक हुन चाहन्छ |
८. उसले तिमीलाई अरु केटि भन्दा माथि राख्ने छ
उसले अन्य केटि भन्दा तिमीलाई प्राथमिकतामा राख्ने छ | कुनै ठाउँ जानु पर्ने छ या अरु केहि कामको लागि उसले पहिला तिमीलाई नै छान्ने गर्छ |
९. उसले आफ्नो परिवार र साथीभाइ संग भेट गराउछ
उसले यदि तिमीलाई माया गर्छ या तिमीलाई माया गर्छ भने उसले तिमीलाई उसको परिवार अनि आफ्नो साथी भाइ संग भेटघाट गराउछ | सको लागि तिमि सोलमेट हौ | उसले तिमिसंग उसको सबै कुराहरु सेयर गर्नेछ | जस्तै : उसको रुची, अरुचि, उसको डर, उसको सेक्रेट | जब उसले आफुलाई कमजोर ठान्छ तब तिमीलाई भन्नेछ | उसले तिमीलाई फोन गर्नेछ अनि बोल्नेछ |
प्रतिक्रिया