मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीवनको तितो सत्य तथा मनछुने भनाईहरु

जीवनको तितो सत्य तथा मनछुने भनाईहरु


१. मानिसहरु तब मात्र तिम्रो हात समाउछ्न्, जब उनीहरुलाई थाहा हुन्छ कि तिमी एक्लै पनि हिड्न सक्छौ भनेर ।

२. इज्जत कुनै व्यक्तिको होइन, आवश्यकताको हुन्छ । आवश्यकता सकियो त इज्जत पनि सकियो ।

३. प्रेम कुनै पनि व्यक्तिलाई होइन, त्यस व्यक्ति प्रति लगानी गरिएको समय, धन र उसको आकृतिलाई गरिएको हुन्छ ।

४. जीवनको रोलक्रममा तिमीलाई साच्चै ख्याल गर्ने व्यक्ति यसप्रकार हुन्छन् : आमा-बाबु, परिवार, प्रेमी-प्रेमिका, साथी, आफन्त, छिमेकी अनि मानवता ।

५. दोष सृष्टिमा होइन, दृष्टिमा हुन्छ ।

६. जो साच्चिकै बाचेको हुन्छ, ऊ मरेको पो थाहा हुन्छ त, जो बाचेकै छैन, ऊ मरेको कसलाई पो थाहा हुन्छ र ?

७. जे कुरा गर्न गाह्रो हुन्छ, त्यहि गर किनकि गाह्रो भएको कारणले सबैले त्यसलाई छाड्ने गर्छन्, अनि तिमीलाई बिजेता बन्न सजिलो हुन्छ ।

८. बिजेताको मेडल धातुले होइन, खुन, आँशु र पसिनाले बनेको हुन्छ, त्यसैले त मानिसहरु मेडललाई झुकेर सम्मान गर्छन् ।

९. हामी त्यहि बन्छौ जुन नियमित रुपमा गर्छौ । सफलता एक दिनको चमत्कार होइन, यो त बर्षौ देखिको असल बानिहरुको जोड हो ।

१०. हामीले छिट्टै हिम्मत हार्नु हुदैन किनकि कसलाई के थाहा छ र, भिलू झुल्किने घामले कस्तो भविष्य ल्याउछ भनेर ।