- अमरदीप शर्मा
भन! हास्न आयौ कि नाच्न आयौ
कि सम्भालेको पिरती भाच्न आयौ
के सोचु खै तिमिले नबोले सम्म
खै कस्तो सम्बन्ध गास्न आयौ
अजिङ्गर दुख हामी सबैको
घमण्ड किन टास्न आयौ
बोलएको पनि त हो आउ भनी
के पुगेन र जिउ मास्न आयौ
हरियो वसन्त नै हो रे नभमा
सत्य बोल्नेलाई किन धास्न आयौ
मन मगन बन्नु मेरै धर्म मान्नु छ
प्रकृति मानवता किन नास्न आयौ !!
प्रतिक्रिया