चलचित्र प्रसादको पोस्टर
काठमाडौं । चलचित्र ‘प्रसाद–२’ निर्माण हुने भएको छ । कोरोनाको जोखिम कम भएपछि चलचित्र निर्माण सुरु हुने भएको हो ।
‘प्रसाद’ लाई दिनेश राउतले निर्देशन गरेका थिए भने यसको सिरिजलाई सौरभ चौधरीले निर्देशन गर्ने अभिनेता वीपिन कार्की बताउँछन् ।
सुशील पौडेलले चलचित्रको कथा लेखिरहेका छन् । निर्माण पक्षले को–को कलाकार रहने सम्झौता गरिसकेको छैन । तर ‘प्रसाद’मा मुख्य भूमिकामा रहेका वीपिन कार्कीले भने अभिनय गर्ने निश्चित रहेको बताइएको छ ।
तर उनलाई पनि निर्माण पक्षले सम्झौता गराइसकेको छैन ।
‘प्रसाद’मा वीपिनसँगै नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा थिए ।
प्रतिक्रिया