- नकुल पौडेल
कोहि आओस् र यसरी गरोस् प्यार गरेजस्तो।
कुनै भत्किएको घरलाई मर्मत सम्भार गरेजस्तो।
मुल ढोकामै बेपत्ता भाईको एउटा तस्वीर छ,
मलाई जतिबेला पनि लाग्छ नमस्कार गरेजस्तो।
यसरी निर्बाध घुमिरहन्छ्न् अपराधीहरु यहाँ,
मानौं अपराध पनि कानुन अनुसार गरेजस्तो।
‘बाँच्न भन्दा मर्न सजिलो छ’ भन्नेहरु पनि छ्न्
जस्तो कि उनिहरु स्वयम् मरेर बिचार गरेजस्तो।
मन पर्दा लिन मिल्ने मन नपर्दा छोड्न मिल्ने,
यो कस्तो खालको प्रेम आयो बजार गरेजस्तो।
प्रतिक्रिया