- अमरदीप शर्मा
कुहिरोको बस्ती भित्र मस्ती खोज्न हिडे आज
गहिरो छ भाव हजुर बस्ती रोज्न हिडे आज
अनायासै सम्झनामा अधुरा ती झुल्न आए
अन्यौलमै रुल्मुल्लिने कस्ति खोज्न हिडे आज
कल्पनामा तरङ्गित कल्पित भाव अधुरै छ्न
सपनामा अल्झिएकी जस्ती खोज्न हिडे आज
लहरै छ्न रहरहरु बाटै पिच्छे मेरा पनि
प्रकृतिको कृपा छायो सस्ती खोज्न हिडे आज
अङ्गालोमा मुटु छोपी मैले याद बोकेकैछु
रुप रङ्ग बदलिएकी यस्ती खोज्न हिडे आज !!
प्रतिक्रिया