अमरदीप शर्मा
बबुरो जिन्दगी धेरै सोच्छ
कसैले नपाएको मात्रै खोज्छ
उनी र यिनी बिच भिन्नता नै छैन
मन बसन्ती सिमोट्छ प्राण रोज्छ
अन्यौल बनाउनु पनि गति हो कि
पिण्डका ताण्डवले किन घोच्छ
सुर्य छल्ने नै छाया जननी
नियतीको मर्म उसले कहाँ जोख्छ
खै यो अनौठो खेल जान्न गार्हो छ
पन्ना पल्टेकै हुदैन शब्द्ले टोक्छ
गह भरी आँसु बोकेकी आमा देखे
प्रश्न जाग्यो शृश्टि कसले बोक्छ !!:
प्रतिक्रिया