मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलासँग भुलेर पनि सोध्न नहुने यी ६ कुरा

महिलासँग भुलेर पनि सोध्न नहुने यी ६ कुरा


महिला र पुरुष समान हुन् भन्ने नारा लोकप्रिय छ । तर महिला र पुरुष समान होइनन् । महिला, महिला नै हुन् । पुरुष, पुरुष नै हुन् । बरु, महिला र पुरुष एकअर्काका परिपुरक हुन् । महिला र पुरुष बीचको सम्बन्ध सदियौंदेखि बहस र विवादको केन्द्रमा छ ।

महिलाले पुरुषलाई नबुझ्ने र पुरुषले महिलालाई नबुझ्ने गुनासो नयाँ कुरा होइन । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् , जुन निम्न अनुसार छन् ।

१. के म तिमीलाई चुम्बन गर्न सक्छु ?

कहिल्यै पनि महिलालाई म चुम्बन गर्न सक्छु ? भनेर सोध्नु हुँदैन । महिलाले चुम्बनको लागि पनि सोध्ने पुरुष मन पराउँदैनन् । चुम्बन पनि सोधेर गर्ने केटा उनीहरलाई बच्चा जस्तो लाग्छ ।

२. धन सम्पतिको धाक

महिलाहरुले सम्पतिको धाक लगाउने र कुरा गर्दै कार वा बाइकका विषय झिकेर रवाफ देखाउन खोज्ने पुरुषलाई मन पराउँदैनन् । उनीहरुलाई यस्ता कुरा भन्दा केटाको प्रस्तुती र आत्मविश्वाससँग बढी चासो हुन्छ । मेरो कार देख्या छ मेरो बाइक देख्या छ भनेर कहिल्यै पनि नसोध्नुस् ।

३. के गर्ने कसो गर्ने

कुनै पनि स्त्रीसँग कतै घुम्न जानु भो वा बजारमा जानु भो भने कहिल्यै पनि के गर्ने कसो गर्ने भनेर नसोध्नुस् । अलिकति स्मार्ट बनेर यो गरौं त्यो गरौं भन्ने आत्मविश्वास भएको पुरुष महिलालाई मनपर्छ ।

४. केटा साथीको बारेमा

कुनै पनि स्त्रीलाई उसले संगत गर्ने केटाको विषयमा सोधेको सोध्यै नगर्नुस् । नकारात्मक टिप्पणी पनि नगर्नुस् । यसले स्त्रीलाई इर्श्या वा शंका गरेको अनुभव हुन्छ जुन् सम्बन्धका लागि घातक हुन्छ ।

५. कारण र स्पष्टिकरण

यदि तपाइँकी स्त्रीले हिँजो तपाईले पठाएको सन्देशको जवाफ दिइनन् भने त्यसलाई ठूलो विषय नबनाउनुस् । किन जवाफ नदिएको केहो भन्ने जस्ता प्रश्न गरेको स्त्रीहरुलाई मन पर्दैन । यसले तपाइँ उनीसँग सुरक्षित महसुस गर्नु हुन्न भन्ने समेत देखिन्छ ।

६. यौन पार्टनर

कुनै पनि स्त्रीलाई कति जना पुरुषसँग यौन सम्बन्ध राखेको छ वा कति जनासँग राख्छौं भन्ने प्रश्न जीवनमा भूलेर पनि नसोध्नुस् । महिलाहरुले यस्तो प्रश्नको जवाफ त कहिल्यै पनि दिँदैनन् नै उनीहरुलाई मन पनि पर्दैन ।