काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ।
मंगलबार साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पु¥याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताउनुभएको छ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रकवि माधव घिमिरेको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा घिमिरेसँगको तस्बिर राख्दै राष्ट्रकवि घिमिरे १०२ वर्षको उमेरमा भएको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
उनले भने, “उहाँको अवासनबाट नेपालले साहित्य र वाङमयको एक विशिष्ट साधक गुमाएको छ । साहित्यमार्फत उहाँले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।”
राष्ट्रकवि घिमिरेको मंगलबार अपरान्ह ५:५५ बजे निधन भएको हो ।
प्रतिक्रिया