- अमरदीप शर्मा
रहरको प्रेम खोजी जहर घोल्न थाले पछि
हराएको जीवन देखे ईच्छा तौल्न थाले पछि
सपना नि कठोर हुन्छन देख्ने तिमि भए पनि
प्रेम अन्धो हुनै पर्छ अन्धो मोल्न थाले पछि !
दिव्य आँखा रसाउदै ज्योत जीवन नियालेकै
रसरङ्ग हरियाली रवाफ खोल्न थाले पछि
कति कुन्नी गणनामा अटाउने संख्या होईन
चुपचाप हराउनु छ उनले बोल्न थाले पछि !!
क्षितिज पारी उज्यालोमा बस्तिको नै आभाष छ
प्रेम पाउन गाह्रो हुन्छ आफ्नै डोल्न थाले पछि
अनाज फल्ने खेत हेर्छु हराएको चेत फेर्छु
कटुताको कठ्घराले प्रेम तौल्न थाले पछि !!!
शर्मा साफेबगर नगरपालिकाको निमित्त प्रमुुुुख प्रशासकीय अधिकृत हुन ।
प्रतिक्रिया