- प्रदीप रोदन
रात रातभर रहेछ दिन दिनभर रहेछ।
समय तेरो पनि मेरो जस्तो स्तर रहेछ।
हेरियो बुझियो तिम्रो बस्तीमा पनि,
पत्थर भगवान,भगवान पत्थर रहेछ।
धेरै पछि तिमीलाई नजिक बाट बुझेँ,
उसलाई अंगालो मलाई स्विटर रहेछ।
तराजुको सामान झैँ झिकियो मुटु,
सबै भन्दा घातक त बराबर रहेछ।
एक युग रगत बगाएको थिएँ मैले,
तेरो इतिहासमा को को अमर रहेछ।
गोरखा
प्रतिक्रिया