अमरदीप शर्मा
तनावको तानावाना बुन्न खोज्छ सपनाले
अतितको चर्तिकला भन्न खोज्छ सपनाले
यस्तै हो कि बदलिन्छ खै ? मौसमी यो जीवन
यात्रा कष्ट अनेक थरी गन्न खोज्छ सपनाले
हिमाल हेर्दै आकाश चुम्ने ईच्छा महेश बोकेकैछु
शरीर गलाई आफ्नै खाडल खन्न खोज्छ सपनाले
मसानेले घमासान मै ढलाई दियो हिजो राती
निर्धो लुटि कसलाई पोश्न टन्न खोज्छ सपनाले !!!
प्रतिक्रिया