- अमरदिप शर्मा
गर्ल्यामगुर्लु ईच्छा ढले हेर्न आउने जमात हुन्छ
मनको कुण्ठा बौलाउदा यै शरिर समात भन्छ
रहर पनि निश्ठुरी छ कुण्ठा भर्ने मन भित्र
आउ साथी खोज्नुपर्छ अब हाम्ले यस्को चित्र
बनचहुर हरियाली कस्लाई भन्ने यस्को माली
मनको बह कता बग्यो बन्यो आज यस्तो गाली
पर सम्म खोजेकै हो भेटिएन सिमारेखा
मनोदशा निम्त्याउछ सबैको नै भाग्यलेखा !
गर्ल्यामगुर्लुम ईच्छा ढले ……..
लेखक शर्मा साफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन्
प्रतिक्रिया