- अमरदीप शर्मा
मान्छे ज्ञानमा मातेर बिज्ञानले तात्छ
आगो नचिन्नेले यहाँ हगुल्टो समात्छ
जो हुदैन बडाले भनेको गरेर देखाउन
हिजो कमाएको मर्म आज कर्मले भाच्छ !
जिउदो कसरी भएको? उत्तर हुदैन उ सङ्ग
अनुत्तरित भाव सङ्गै छमछमी नाच्छ
सिउदो उजाडिएको जान्दैन उस्ले पनि
मरेको शरीर खै किन हो! चिरेर जाच्छ !!
बाह्र बजेको धामी आज आत्माकै जालमा
गलेको शरिरको प्रेममा उ कसरी लाग्छ ?
प्रतिक्रिया