– अमरदीप शर्मा
कलाकृती तिम्रा मेरा उस्ता उस्तै भएपछी
रितु अनि मास पनि हिजो जस्तै भएपछी,
जता ततै हिउद फुल्यो सिउदो भन्न मिलेन है
आकृतिको हिउफुल भाव कस्तै गएपछी !
पारी पाखा घमाइलो डुब्नै लाग्यो मेरो घाम
कन्दरामा पिरतिको डाम यस्तै रहेपछी,
फुल फुल्ने वारि यस्तै फल झार्ने पारी पनि
बित्यास भयो जिन्दगी नै याद डस्तै गएपछी !!
भै गो अब पिरतिमा सुगन्धको बैध छैन
कलाकृती तिम्रा मेरा हिजो जस्तै रहेपछि ??
प्रतिक्रिया