अमरदीप शर्मा
साठ्ठी प्रतिशत जिउदो चालिसले मरेकै हो
वायु त्यो आकाशको आधाआधी झरेकै हो
के आशा जगाउछौ ए सहयात्री हिजोका मित्र
जाने जति माने जति सेवा कर्म गरेकै हो !
निरपेक्ष हुदैन सापेक्ष नै हो हरेक रचना यहाँ
कला अनि गलाको सुर ताल सरेकै हो
अपेक्षित माया सापेक्षित सद्भाव अश्तित्वमा
प्रकृति निश्चल, भाव रहित चेतना छरेकै हो !!
प्रतिक्रिया