प्रदीप रोदन
कसलाई भनौँ एक्लै हुँदा त बेहाल गर्छ।
झुठो सम्बन्ध अरु सामु अंकमाल गर्छ।
सोच बिचार गरेर दिनु पर्छ उत्तर पनि,
महोदय दुनियाँ उत्तरमा नि सवाल गर्छ।
राहतले हजुरको महलमा तला तप्नुस्
हुरी झरीको सामना हाम्रो त्रिपाल गर्छ।
पानीमा पनि छट्पटिनु पर्छ माछाहरु,
जब बिषले खोलाहरुको देखभाल गर्छ।
एक म छु आफ्नै खुट्टामा बञ्चरो हान्ने,
एक देश छ जहाँ सरकार हड्ताल गर्छ।
गोरखा
प्रतिक्रिया