- अमरदीप शर्मा
सुन्नखोज्ने नजिककस्ता उस्तै बोल्नुपर्छ
कन्दरामा नदिलेनी झन्कार घोल्नुपर्छ
आहट पनि नबिराई कहाँ भेटिएला
आत्मा जोख्न मुर्खलाई कन्काल तोल्नुपर्छ !
नाम सङ्गै नायभिड बोलि पोखे पुग्ने
सन्ततीको शुख उस्तै के ले पोल्नुपर्छ
घरआगन आफै आउने चाडबाड मेला
ईमान बोक्ने म जस्ताले जहर घोल्नुपर्छ !!
कठैदैन मल्याभाकी छिट्टो हान्ने मन्त्र
लुकेको त्यो रहस्य नै साच्चै खोल्नुपर्छ ???
कटुता त्याग्न सिकौ, ईश्वर साक्षी छ !!!!
प्रतिक्रिया