प्रदीप रोदन
नयाँ भेटमा उही पुरानो सास फेर्छ।
एक सराबी बानी फेर्दैन गिलास फेर्छ।
तिमीले मन फेर्यौ के अनौठो मान्नु,
यहाँ घाटले त पाएसम्म लास फेर्छ।
हामी फेरि बढी अपेक्षा राखेर दुख्छौँ
कपासको रुखले फेरि कपास फेर्छ।
प्रेमीहरु काट्छन् विश्वासको हाँगा,
हेर्दा हेर्दै मायाको चराले बास फेर्छ।
कुनै पसले जस्तो देखिन्छ जमाना,
आवरण हेरेर आफ्नो मिजास फेर्छ।
गोरखा
प्रतिक्रिया