- अमरदीप शर्मा
कुलङ्गार कलाकार झै गीत गाउन थाल्यो
भलो बोली आफ्नै मेट्न मीत लाउन थाल्यो
माग्नुपर्छ ईश्वर भित्रै, ईमान मास्नुहुन्न
कलिकाल कस्तो ईच्छा? धित पाउन थाल्यो !
बग्ने पानि समयको प्रतिबिम्ब नै हो
प्रतिशोध आजभोली जित धाउन थाल्यो
कस्लाई हेर्नू छ र यहाँ समयको मेला
सुदर्शन कलिकाल प्रीत लाउन थाल्यो ??
पुतलीको पुच्छर जल्दा जुनकिरी भन्ने?
अन्धभक्त छायो हजुर रित आउन थाल्यो !!
प्रतिक्रिया