–अमरदीप शर्मा
परको भर छैन है घर सुकिला मुकिला
नपाकी टिप्ने आम हुन बाबै सार्है नै चुकिला
जौ मास मजा हुने हो सजां झुसेली झुलेको
रजाइँ गर्न मर्ने यो मान्छे कति हो फुलेको !
मैदान नीति बैदान शीत जुनकिरी छ साक्षी
शरीर त्यागे सोच है मित्र को हुदो हो माथी
बगरको शहर यो शान्त निद्रा खोजेर हिडेको
बुझ्ने त्यो मित्र तन्द्रा नै त्यागी को सङ्ग भिडेको
बैदार बाजे आज भोलि त रक्सी बेच्न थाले
मेरै जीवन यो बाच्नु पर्छ बल्ल भने बाले !!!
प्रतिक्रिया