अमरदीप शर्मा
नयाँ आगमनका जिउदा शृङ्खला झै
आउ तिमी नयाँ बर्ष बनी
सौम्य शान्त धरातलको जलधारा झै
छाउ तिमी नयाँ बर्ष बनी
हो ! प्यासका अटुट लाशहरुपनि जिउदै छन यहाँ
कर्कश श्वास निमोठ्ने घाटहरुपनि पिउदै छन यहाँ
यहाँ आरोह अनि अबरोहका मति जति पनि
तिमी समताको न्याय जगाउनु बिधान गनि गनि !
लक्ष बिलयको अभ्यास सभ्यता भएको समुदायमा आउ
नारा सहाराले उभ्याएकाहरुलाई न्याय दिनेगरि आउ
बीभत्स भावना मेट्न जितको गित गाउन आउ
आउ नयाँ बर्ष स्वागत छ, मानवता समाउन आउ !!
नयाँ बर्ष २०७८ लाई स्वागत छ !!!!




















प्रतिक्रिया