- अमरदीप शर्मा
खुला बगर फुल्ने शिमल भए हजुर
ठुला रहर भुल्ने म नै थिए हजुर
नसकिने भुल्न उनको चन्द्र मुहार
उपहार यो मन मुटु दिए हजुर !
समयको छाल सङ्ग साईनो थिएन
याद बढ्यो घुटुक्क काल लिए हजुर
कानै फुक्ने भाग्य अनि नाकै कै जुहारी
निस्सासिदै सोमरस यो पिए हजुर !!
प्रतिक्रिया