- मुकुन्द रावल
हिजो सम्म तिमि थियौ अनि तिम्रो साथ थियो
अलिकति सुस्ताउन केवल तिम्रो काख थियो
अस्तबेस्त जिन्दगीको लथालिङ्ग कथाबस्तु
सम्हाल्दिने मेरी प्रिय मात्र तिम्रो हात थियो
जुनकिरी को देशमा जान्थ्यौ जुन्मयाको जोति संगै
तिम्रो मेरो क्रिडा स्थल औशी को त्यो रात थियो
बर्सात मा रुझदा अनि सेल्फी खिच्दा
तेहि नै त काली बैश को उन्माद थियो
छुट्नु पर्थ्यो आखिरमा छुटीहाल्यौ आज हामी
कारण एउतै तिम्रो सानो मेरो ठुलो जात थियो
प्रतिक्रिया