- नकुल पौडेल
एकैछिन रोएपछि हल्का मन हुँदो रहेछ।
सायद आँसुहरुको वजन हुँदो रहेछ।
हामी ज्युदै त कसैको कामलाग्ने गरौं,
रुख मरेपछी पनि इन्धन हुँदो रहेछ।
शहर पढ्न पठाएको छोरा के हुने हो,
भुटेर पठाएको मकै पपकर्न हुँदो रहेछ।
यो तस्वीर बोल्दैन भन्ने को हो फेरि !
यार तस्वीर सँग त भनाभन हुँदो रहेछ।
मैले ब्यार्थै तिमीलाई मात्र दोष लगाईरहेँ,
आखिर मौसम पनि परिवर्तन हुँदो रहेछ।
प्रतिक्रिया