बलिउड । दक्षिण भारतीय चलचित्रकी सुपरस्टार अभिनेत्री श्रृति हसनको पछिल्लो फोटोसुटका फोटोहरूले अहिले खुबै चर्चा पाइरहेको छ । उनी पछिल्लो समय बलिउडमा पनि आफ्नो सुन्दरता र अभिनयको जादु देखाइरहेकी छन् ।
अभिनेत्री श्रृतिले प्रेमी शान्तनु हजारिकाले कोरेका रङ्गीबिरङ्गी पेन्टिङ वरिपरि राखेर ग्लामरस फोटोसुट गराएकी हुन् । मरुन रङको याकलेस स्ट्रेँज ड्रेसमा श्रृति निकै बोल्ड र सुन्दर देखिएकी छन् । इन्स्टाग्राममा १६.८ मिलियन फलोअर्स भएकी श्रृतिले आफ्नी यी तस्बिरहरू इन्स्टाग्राममा सेयर गरेकी छिन् । जसमा लाईक अनि कमेन्टको वर्षा भैरहेको छ ।
फोटो सेयर गर्दै श्रृतिले लेखेकी छन्, “चार भित्ताभित्र हामी स्वर्ग बनाउछौँ । जुन हाम्रो लागि महत्वपूर्ण छ र वास्तवमा यही हाम्रो संसार हो । रङमा डुबेका, तारहरूमा लपेटिएको, जनावरहरूको खुट्टाको निशानी भएको प्रिन्ट, यी नै स–साना चीजहरू नै बिल्डिङलाई घर बनाउँछ । गाह्रो भन्दा गाह्रो समयमा आफ्ना लागि स्वर्ग आफैँ बनाउनुपर्छ ।” अन्तिममा उनी थप्छिन्, “शान्तनु हजारिकाको कला र मेरो नराम्रो जोक्स ।”
उनका यी फोटोहरूमा हालसम्म ४२ लाख भन्दा बढीले लाइक गरिसकेका छन् ।
अभिनेत्री श्रृतिका प्रेमि शान्तनु दिल्लीका डुडल आर्टिस्ट हुन् । उनको इन्स्टाग्राम बायोका अनुसार उनले सन् २०१४ मा ‘बेस्ट डुडल आर्टिस्ट’ अवार्ड पनि पाएका थिए । नवभारत टाइम्सबाट
प्रतिक्रिया