महाराष्ट्र : जैसी समाज साझा समूह, महाराष्ट्र, पुणेको नयाँ कार्य समिति चयन भएको छ । समुहको दोश्रो भेलाले रमेश प्रसाद जैशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । वर्तमान अध्यक्ष खगेन्द्र प्रसाद जैसीको अध्यक्षतामा पुणे रावेतमा भएको भेलाले समुहको उपाध्यक्षमा दीपक जैसी, सचिव मदन प्रसाद जैसी, सहसचिव राजु जैसी, कोषाध्यक्ष नवीन जैसी रहेका छन् ।
सहमुको सदस्यहरूमा नमराज जैसी, अर्जुन जैसी, खेमराज जैसी, उमेश जैसी रहेका छन् । बैठकले पुरानो कमिटीको प्रतिवेदन, आर्थिक विवरण सार्वजनिक, पुरानो कमिटीलाई बिदाई, आगामी वर्षको योजना र लक्ष्य निर्धारण र धन्यवाद ज्ञापन लगायतका निर्णय समेत गरेको छ ।
बैठकले आगामी वर्षको योजना तथा लक्ष्यमा संगठन सुदृढीकरण र सदस्यता विस्तार, सांस्कृतिक संरक्षण, धर्म, भेषभूषा, रीतिरिवाज तथा चाडपर्वको प्रवर्द्धन, सामाजिक सहयोग तथा परोपकारी कार्यहरू, आर्थिक सुदृढीकरण र सहयोग कोष स्थापना, प्रवासी समुदायलाई एकजुट राख्न प्रविधिको उपयोग गर्ने बिषय राखेको छ ।
नवनिर्वाचित अध्यक्ष रमेश प्रसाद जैसीले बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरू, अतिथि तथा सहयोगी व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै समाजको विकास र एकताको लागि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे ।
नयाँ कार्यसमितिको पहिलो बैठकले बिभिन्न निर्णय समेत पारित गरेको छ । जसमा मासिक बैठकमा मदिरा सेवन गरेर उपस्थित हुने वा बैठकको क्रममा कुनै पनि किसिमको झगडा, विवाद वा अशिष्ट व्यवहार गर्न नपाईने, यदि कसैले अनुशासनहीन व्यवहार गर्दा कुनै क्षति, झगडा वा अन्य अप्रिय घटना घट्छ भने त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिले स्वयं लिनुपर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया