काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका–३० मैतीदेवीमा महाकवि देवकोटाको घर भएको स्थानमा नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।
महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले ‘राम्रो कामका लागि घर भत्काएको होला भन्ने विश्वास रहेको’ प्रतिक्रिया दिइन् । “एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ । सबै पढेलेखेको बुद्धिजिवी व्यक्तिहरू बस्नुहुन्छ । उहाँहरूको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरू जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ,” उनले भनिन् ।
महाकवि देवकोटाको घर सरकारले साढे २ करोडमा किनेको हो । देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ । – बारह्खरी
प्रतिक्रिया