काठमाडौं । मोडल अभिषेक खड्काले दोस्रो नेशनल साधना म्यूजिक अवार्डमा ‘बेस्ट इन्करेज अवार्ड’ प्राप्त गरेका छन् । अछाम जिल्लामा जन्मिएर काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका मोडल खड्काले धेरै म्यूजिक भिडियोमा काम गर्दै आएका छन् ।
उनले पछिल्लो समय गायक खुमन अधिकारीको तीज गीत ‘यत्तिकोले चल्छ’ र ‘कलकत्ते काइँयो’ बोलको दुई वटा तीज गीतको भिडियोमा नृत्य तथा अभिनय गरेर थप दर्शक स्रोताको नजरमा बसेको जिकिर गरे ।
करिव एक दर्जन जति म्यूजिक भिडियोमा अभिनय गरेका खड्काले आगामी दिनमा यस अवार्डबाट कलाकारीतामा थप हौसला मिलेको सुनाए ।
सामना म्यूजिक प्रालिको आयोजनामा शुक्रबार राजधानीमा सम्पन्न उक्त कार्यक्रममा मोडल खड्का लगायत धेरै कलाकारहरुले विभिन्न विधाबाट अवार्ड प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक नारायण रायमाझीले सम्पूर्ण कलाकारहरुलाई अवार्ड प्रदान गर्दै उक्त नेशनल साधना म्यूजिक अवार्ड कार्यक्रमले कलाकारहरुको थप मनोबल बढाएको बताए ।
उनले भने, ‘कलाकारहरुलाई सांगीतिक क्षेत्रमा अघि बढ्न अवार्ड तथा सम्मानको पनि आवश्यकता पर्दछ, यस नेशनल साधना म्यूजिक अवार्डले पनि धेरै कलाकारहरुको मनोबल बढाएको छ ।’
प्रतिक्रिया