अछाम । साहित्यकार, गीतकार एबम कलाकार पवन मधुश्रीको “बेलखेत पुल” बोलको लोक गित सार्वजनिक भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाइ जोड्ने अछामको बेलखेतको बस्तुस्थिती र अछामको परिवेशका बारेमा लेखिएको गित मधुश्री यूटुब च्यानल बाट सार्वजिनक भएको हो ।
अछाम र दैलेख जिल्लाको सिमानामा बहने कर्णाली नदीमाथि मध्यमहाडी लोकमार्ग क्षेत्रमा निर्मित “बेलखेत पुल” लाई गीतको प्रमुख थेगो बनाइएको छ ।
कलाकार मधुश्रीले नेपाली लोक झ्याउरे गीतको इतिहासमा गीत मार्फत नया पन दिन खोजेका छन। मधुश्रीको आफ्नै शब्द संगीतमा सार्बजनिक भएको गीतमा प्रमोद माझी र पम्फा कँडेलले स्वर भरेका छन। गीतले यो क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने मधुश्री बताउछन् ।
‘बेलखेत पुल’ मा वरिष्ठ नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, सिर्जना माझी र नमुना माझीको उत्कृष्ट अभिनय रहेको छ । सिर्जना र नमुना मधुश्रीको आफ्नै छोरी हुन् । म्युजिक भिडियोको निर्देशन स्वय् शंकर बिसीले गरेका छन् । सरकारी सेवामा आबद्ध पवन मधुश्रीको पदमबहादुर माझी नामले पञ्चदेवल विनायक नगरपालिका अछाममा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका छन् ।
मधुश्रीले यसअघि ‘इतिहास, आमा र माटो’ गित र म्युजिक भिडियो बजारमा आइसकेका छन् । इतिहास र माटो देशभक्ति गीत हुन् भने आमा जननी जन्म दिने आमाप्रति समर्पित गीत हो । यी सबै गीतको शब्द संगीत मधुश्रीको नै रहेको छ भने चर्चित गायिका शान्तिश्री परियार र गायक प्रमोद माझीले आवाज दिएका छन् ।
हाईलाईट्स नेपाल च्यानल मार्फत सार्वजनिक भएको गितमा मधुश्रीको आफ्नै लय र शब्द तथा प्रमोद माझीको स्वर रहेको छ भने बिनोद बिकले ऐेरेन्ज गरेका हुन् । धिताल फिल्मस् प्रालीले निर्माण गरेको गितलाई निर्देशन दिनेश ठकुल्ला र सम्पादन रोशन धितालले गरेका हुन् ।
पवन मधुश्रीको ‘जुनी र कर्णालीको व्यथा’ सार्वजनिक हुने तयारीमा छन् । पवन मधुश्रीको नामबाट उहाँ लेखकको रूपमा परिचित छन् । उनका गाउँले कविता संग्रह, नमुना राजनीति र विकास पुस्तक प्रकाशित छन् । लेखक, साहित्यकार, स्तम्भकारको छवि बनाएका मधुश्री पछिल्लो पटक गीतकार र संगीतकारको रूपमा समेत आफ्नो परिचय दिन सफल भएका छन्।
पवन मधुश्री नामबाट कान्तिपुर, नागरिक, हिमालय टाइम्स, राजधानी दैनिकमा बिभिन्न लेख प्रकाशित छन् । राजधानी दैनिकमा ‘स्थानीय प्रजातन्त्र’ र पछि ‘चिन्तनको चौतारी’ नाममा उहाँले स्तम्भ समेत लेख्ने गरेका थिए । हाल मधुश्री विभिन्न अनलाइन पोर्टलहरूमा लेख रहन्छन।
सरकारी सेवामा रहेका पवन मधुश्रीले पछिल्लो समयमा जिल्लाको समग्र बस्तुस्थिती झल्कीने र ईतिहासका बारेमा गित सार्वजनिक गर्दै आईरहेका छन् ।
प्रतिक्रिया