काठमाडौं । विवाहित महिलाका लागि हुँदै आएको प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ सौन्दर्य प्रतियोगिता यो वर्षबाट ‘मिसेस नेपाल वर्ल्ड’को रुपमा आयोजना हुने भएको छ ।
रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको प्रतियोगिता यस वर्षदेखि परिमार्जित भई मिसेस नेपाल वर्ल्डको रूपमा आयोजन हुन लागेको हो ।
यस वर्ष मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासँगै यस कार्यक्रमको विजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । यस वर्ष देखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एम. एस. नेपाल इन्टरनेसनल गरी तीन जना विजेताहरुको छनोट गर्नेछ ।
मिसेस इन्टरनेसनल नेपाल तथा एम. एस. नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम. एस. इन्टरनेसनलमा सहभागिता जनाउने छन् ।
यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ ।
विगतका वर्षहरुमा झैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले ‘क्यान्सर बिरुद्ध’को जनचेतना अभियानलाई वर्षको मुद्दा बनाएको छ ।
यसअघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले क्रमशः उपाधी जितेका थिए ।
प्रतिक्रिया