मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कविता !

कविता !


  • रवि खड्का रोदन

मगमगाउँने चम्किलो
कालो कोट लुर्के फिताभित्र
लुकी बसेको
त्यो स्वार्थी कालो मन
साँच्चै चिहाउँन बाकी छ

कालो बजार भ्रष्टाचार
यिनैले गरेका छन्
ठुकुवासाथ भन्छु
आफ्नो भित्री भकारी
अकुत सम्पतिले भरेका छन्

कहिले भोकमरीको
चपेटामा रुन्छ देश
कहिले प्राकृतिक विपत् मा,,,
संसार भरी कमोल मन
नभएका मानव पनि छैनन्
आपत विपत् मा
थुप्रै सर सहयोग
पनि नगरेका होइनन् ,,,
दानी सज्जनहरु बाट
तर विडम्बना !!

उहाँहरुले भित्रीमनले गर्नु भएको
सहयोग तिनै ,, मगमगाउँने चम्किला
काला कोट लुर्केफिता लगाउँने स्वार्थीले
चम्लक्कै पारे,,,

सहयोगार्थ दिईएका त्रीपाल
कम्बल रासन पानी आफ्नै
घरमा ओसारे,,,,,,

कठै! रुदैछन् आज पनि
ती भूकम्प पिडितहरु,,,
कतिलाई चिन्ताले र शोकले लियो
कतिलाई सरुवा रोगले लियो
छैन कुनै हिसाब किताब
लेखा जोखा,,,
के मानव सबै एकै होईनन र ?
कसैलाई उपचारार्थ विदेश जानू पर्ने,,
कोहि दवाई मूलोको अभावमा
स्वदेसमै मर्ने,,,,,

हो त्यसैले
मगमगाउँने चम्किलो कालो
कोट लुर्के फिताभित्र
लुकि बसेंका स्वार्थी मन
चिहाउँन वाकी छ,,,,!!!!

जय जन्मभूमि!!