दिनेश केसी अछाम : हाम्रो संस्कृतीकाे धराेहर अनि अाकर्षणकाे खेल `देउडा खेल´ प्रति पछिल्ला युवा पुस्ताको अभिरुचि घट्दै गएको प्रति चिन्ता व्यक्त गर्छुँ ।
पछिल्ला पुस्ताका युवा युवतीहरुमा डिजे डान्सकाे राेमहर्ष देख्दा खुब रिस उठ्छ । मानिस वा कुनै अरु बस्तुकाे मन अाफुतिर तान्ने यान्त्रिक विद्याकाे मुहुनी हाे हाम्रो देउडा !
साँस्कृतिक संस्कृती बाेकेका देउडा भाका पछिल्लाे समय अाेझेलमा देखिन्छन । याे हाम्रो पुस्ताको बेवास्ताले हाे । केटा र केटी बिच ( गिदाउडा – गिदाउडी ) अर्थात खेलाउडा – खेलाडीले खेल्ने खेल यस खेलले सुदूर र कर्णालीमा छुट्टै महत्त्व बाेकेकाे छ ।
कला,साहित्य,इतिहास,भाषा,धर्म,दर्शनकाे मुल्य र परम्परा देउडा भित्र लुकेको छ । जसरी अग्रज देउडा प्रेमीहरु – राजाराम भाट,महेश अाउजी,भाेजराज भट्ट,डिग्रा बाधी,नेत्रराज शाही,पाण्डव बिष्ट,ऋषिराम आचार्य,बिमला बुढा,पान्सरा थापा,रामबहादुर कडायत लगायतका अन्य देउडा पारखीले देउडाकाे संस्कृत रुप दिएर चम्किलो पारिरहेका छन त्यसरीनै पछिल्लो पुस्ताबाट संस्कृतकाे उज्यालो निभ्दै गएको पाइन्छ ।
देउडाकाे नियम भित्र केहि गलत संस्कार भने अवस्य छन । जस्तो गिदाउडा पट्टी गीत गाउनेहरु र उसलाई साथ दिई खेल खेल्नेहरु जति पनि पुरुषहरुले खेल्न सकिने ! तर , विडम्बना त्यही खेलमा महिला गिदाउडीलाई साथ दिन भने अन्य महिलाहरू अनकनाउने याे कस्तो र किन बाध्यता ? पुरुषहरूकै खेलमा जाेडिएर देउडा खेलकाे स्वभाव बढाइदिए कति राम्रो हुन्थ्यो ।
टाढा टाढा बाट खेलाउडी `गिदाउडी´ बाेलायाे अनि उसलाई एक्लै खेल्न लगाई केटा गिदाउडाका तर्फबाट तानातान अनि लागालाग ! के दिदिबहिनी – दाजुभाई संगै मिलेर देउडा खेल्न नसकिने हाे ? हाम्रो संकार र संस्कृतिकाे पहिचान देउडा खेल संरक्षण र सम्बर्द्धनमा तपाईं हामी लागाैँ ।
प्रतिक्रिया